यही हो गणतन्त्र घोषणाको थलो

गणतन्त्र घोषणाको प्रमुख एजेण्डाका साथ जेठ १५ गते यही कोठामा बस्दैछ संविधान सभाको पहिलो बैठक । मचवाट सभामुखले प्रस्ताव नम्बर आठका रुपमा गणतन्त्र घोषणाको प्रस्ताव पारित गर्न प्रस्ताव राखेपछि समर्थकहरुले यही टेवल ढोकेर समर्थन गर्नेछन । तस्विरमा संसदका कर्मचारीहरु औपचारिक कार्यक्रममा लागि बनाइएको डिजाइन परिर्वतन गर्दै संसदको स्वरुपमा ढाल्दैछन ।
Read more

ध्वास दिने हैन बोसो पगाल्ने बेला आयो

May 16, 2008 · Filed Under कांग्रेस · 3 Comments 

वाइसियलको त्रास हट्न नसकेको बेलामा िहंशाको बलमा राजनीतिमा हावी हुने लोभमा नेपाली कांग्रेसका युवा नेताहरु अहिले प्रतिकार जस्ता शब्दको पछाडि लागेर िहंशा निम्त्याउन कि्रयशिल हुन लागेका छन ।

हिजो आज कांग्रेसका नेताहरुलाइ के भएको हो बुझ्न गाह्रो छ । हिजो काठमाडौंको कुनै कार्यक्रममा कांग्रेसका सह-महामन्त्री जस्तो जिम्मेवार पदमा रहेका अर्जुननरिसंह केसी भन्दै थिए-माओवादीले बढि पेले सरकारमा हैन जंगलमा जान्छौ । आज उनका युवा नेताहरु भन्दैछन अब माओवादीको प्रतिकार गछौं । के भन्न खोजेका हुन यि डाडा काट्न लागेका नेता र डाडा उक्लदै गरेका नेताले बुझन गाह्रो भयो । Read more

एमाले परिवर्तनको बाटोमा

May 15, 2008 · Filed Under एमाले · 1 Comment 

                                 जे होस संविधान सभावाट पाठ सिकेर एमाले परिर्वतनको बाटोका लागि आफ्नो पाइला अगाडि सारेको छ । महासचिव पदवाट राजीनामा दिएका माधव कुमार नेपालको स्थानमा सर्वसम्मत रुपमा स्थायि समिति सदस्य झलनाथ खनाललाइ महासचिवको रुपमा चयन गरेर यसको प्रारम्भ गरेको छ । यसका लागि एमाले केन्द्रिय समितिका समस्त नेतागणहरु बधाइका हकदार छन । अझ थप बधाइ छ केपी ओलि र प्रदिप नेपाललाइ जसले निरन्तर खनाललाइ अस्विकार गरेरपनि अन्तिममा मनको भन्दा बुद्धीको निर्णयलाइ स्विकार गर्दै खनाललाइ सर्वसम्मत रुपमा आठौ महाधिवेशनसम्मका लागि महासचिव स्विकार गरेर राजनीतिक उदारता अझै बांकी रहेको पुष्ट्याए । Read more

एक सय २ को तातोमा जोन उडलाइ पढ्दा

May 15, 2008 · Filed Under पुस्तक चर्चा · 2 Comments 

तीन दिन भयो यो बेमौसमी तातो शरिरमा चढेको । बढो दुख दिइरहेको छ यसले । एकातिर पसिना, ज्वरोको रन्काइ अनी जोर्नीको दुखाइ त छंदैछ, त्यो भन्दा पनि अत्यासलाग्दो यो एक्लोपन । साथिहरु पनि विच्किसके कत्ति मिसकल गर्छ भनेर । कोठामा धुमधुमती बस्दा औडाहा भएर आउंछ । बाहिर जाउं जत्ति औषधि ठेलेपनि यो मोरो ज्वरोले छोडेको हैन । यही विचमा र्याकमा ट्याक्क आंखा खड्किए । धुलोले छोपिएको कभरमा लेखिएको लेखिएको थियो माइक्रोसफ्टदेखी बाहुन डांडासम्म । रुम टु रिडका संस्थापन जोन उडको आत्मकथा । ला, झसंग भए । यो पुस्तक ल्याएको त्यस्तै २ महिना वितिसक्यो होला । एक साताभित्र फर्काउने वाचाका साथ सहकर्मी यज्ञशवाट पढ्नका लागि सापट ल्याएको । करिव आधा जत्ति चै पढे हुंला । पुस्तक छ भन्ने विर्सिएपछि पढेका कुरा के सम्झना हुनु । एक्लै मुसुक्क हांसे । अनी यो एक सय २ को तापक्रमलाइ तह लगाउन लागे उडको चाखलाग्दो जीवन पढ्न । Read more

एमालेको नेतृत्वमा झलनाथको पल्ला भारी

May 14, 2008 · Filed Under एमाले · 2 Comments 

सम्भावीत प्रतिपर्धी सबै सविधान सभा चुनावमा पराजीत भएपछि एमाले नेता झलनाथ खनालका लागि महासचिवको बाटो फराकिलो बनेको छ ।

संविधान सभाको चुनाव दिएको झड्कापछि रन्थनिएको एमाले अहिले नेतृत्व चयनको संघारमा रहेको छ । चुनावमा आएको नतिजाको नैतिक जिम्मेवारी लिएर महासचिव पदवाट माधवकुमार नेपालले राजीनामा दिएपनि नेतृत्वको खोजीले त्रि्रता पाएको हो । त्यसमा पनि सबै कमिटीहरु भंग गरी पार्टी महाधिवेशनमै केन्द्रित हुने भएपनि यसले त्रि्रता पाउनु स्वभावीक पनि हो । एमालेको नेतृत्वको हकमा रमाइलो पक्ष के भने अहिले झलनाथ खनाल एकल प्रतिष्पर्धी समान देखिएका छन । यो संविधान सभाको चुनावको देन नै हो । Read more

एकल सरकारको भुमरिमा माओवादी

May 13, 2008 · Filed Under माओवादी · 5 Comments 

संसदिय निर्वाचनलाइ हेरेर एमाले र कांग्रेस माओवादीको नेतृत्वमा बन्ने सरकारमा नजाने निर्णयमा पुगेपछि एकल सरकार निर्माण गरेर राजनीतिक संक्रमणकालवाट राज्यलाइ मुक्त गराउने अभिभारा माओवादीको कांथमा आएको छ ।

सहकार्य र समझदारीको आधारमा नयां सरकार गठन गर्ने भनिएपनि अन्तमा माओवादीले एक्लै सरकारको नेतृत्व गर्नुपर्ने भएको छ । एमाले र कांग्रेसमा सत्तामोहको अन्त्य भएपछि माओवादीले एकल सरकार गठन गर्नुपर्ने अवस्था आएको हो । यो उसका लागि अवसर र चुनौति दुबै हो । दुबै दलको निर्कर्ष भनेको संविधान सभामा मतदाताले सरकारमा जाने म्याण्डेड दिएनन भन्ने नै हो । मतदाताले अब सरकारवाट बाहिरै बस भन्ने म्याण्डेड दिएकाले बाहिरै बसेर माओवादीको नेतृत्वको सरकारलाइ सहयोग गर्ने दुबै दलको भनाइ रहेको छ । Read more

राजतन्त्र जोगाउन कतै चेतावनी कतै बली

May 12, 2008 · Filed Under समाचार · 4 Comments 


के गर्ने होला  ? शक्ति बढाउनका लागि सोमवार दक्षिणकालीमा पुगेका राजा ज्ञानेन्द्र र रानी कोमल चिन्ताग्रस्त मुद्रामा ।

प्रचण्डसंगको भेट लगत्तै राजाका अघोषित सल्लाहकार कमल थापाले नयां संविधानको निर्माण सम्पन्न हुनुभन्दा अगाडि नै राजतन्त्रको विपक्षमा कुनै निर्णय भए दुर्घटना हुनसक्ने चेतावनी दिए । उनको यो चेतावनी यस अर्थमा पनि महत्वपुर्ण छ कि उनले सार्वजनिक मन्चवाट यसरी चेतावनी दिनुभन्दा अगाडि विहान माओवादी अध्यक्ष प्रचण्ड र डा बाबुराम भट्टराइसंग गम्भिर छलफल गरेर आएका थिए ।

Read more

बुढेसकालमा आनन्दीदेवीको दुःख

May 12, 2008 · Filed Under समाचार · Comment 

अचम्म छ, सात दलीय गठबन्धनको एक दलकी अध्यक्ष हराएको करिव १५ दिनभन्दा बढि भइसक्यो, उनको अपहरण भएको आरोप एक पक्षको रहेको छ अनी अपहरणको आरोप लागेको छ आपुर्ती मन्त्री श्यामशुन्दर गुप्तालाइ, तर सरकार मौन समान छ । अपहरणमा पर्ने नेतृ हुन नेपाल सदभावना पार्टी आनन्दीदेवी कि अध्यक्ष आनन्दीदेवी सिंह । अनी अपहरणको कारण प्रत्यक्षमा पत्तासाफ भएर समानुपातिकमा पाएको २ सिटको लफडा । यो उनको पहिलो अपहरण भने हैन नै । यस अगाडि अहिले सदभावना पार्टी मात्र नाम राखेर अर्कै पार्टी खोलेका राजेन्द्र महतो उद्योग मन्त्री हुंदा पनि हृदयश त्रिपाठी र श्यामशुन्दर गुप्ता लगाएतकाले उनको अपहरण गरेको आरोप लागेको थियो । रातभर आनन्दीदेवी सिंह गायव भइन । Read more

के भयो भट्टराइ जी, दरवारतिर किन नरम ?

May 11, 2008 · Filed Under माओवादी · 1 Comment 

अहिले एक बृतमा कार्यबाहक राष्ट प्रमुख र सरकार प्रमुख समेत रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाइ राष्टिपति बनाउन कांग्रेस एमाले र माओवादीविच शैद्धान्तीक सहमति नै भएको चर्चाले बजार तातीरहेको बेलामा एकाएक माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराइ भने कोइरालाको राजीनामाको रट लगाउन शुरु गरेका छन । कोइरालालाइ सेरेमोनियल राष्टपति बनाउनका लागि सहमति भएको शनिवार र्सार्वजनिक भए लगत्तै एकाएक भट्टराइ भने कोइरालाको राजीनामाको पछि लागेका छन । उनले आइतवार समेत यही कुरालाइ दोहोर्याउंदै कोइरालाको राजीनामा मागे । Read more

मण्डेलाको बल्ल हट्यो प्रचण्डको कहिले ?

May 10, 2008 · Filed Under विचार, समाचार · 4 Comments 

जनताद्धारा पहिलो लोकतान्त्रीक राष्ट्रपति चुनिएको १४ वर्षपछि बल्ल नेल्शन मण्डेला अमेरिकी आतंकवादीको सुचिवाट मुक्त भएका छन । सन १९६० मा दक्षिण अपि्रुको नश्लीय स्वेत सरकारले एनसिसिमाथि प्रतिबन्ध लगाएर त्यसका सदस्यहरुलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए । त्यो प्रतिबन्ध मण्डलालाइ नलाग्ने कुरै भएन । सन १९९० मै मण्डेलाको पार्टी सत्तामा आउन सफल भयो । उनले नोवेल शान्ति पुरस्कार समेत पाए । तर उनीमाथिको अमेरिकी प्रतिबन्ध भने कायमै रहेको थियो । समाचार पढ्नासाथ झल्यास्स माओवादी अनी प्रचण्डको याद आयो । अमेरिकी सरकारले माओवादी सहित माओवादीका नेतृत्वलाइ पनि आतंककारीको सुचिमा राखेको छ । अहिले माओवादीको पहिलो प्रयास भनेको त्यही अमेरिकी आतंककारीको सुचिवाट मुक्त हुनुमा केन्द्रित रहेको छ । यसमा प्रगति भइरहेको माओवादी नेतृत्व वर्गले दावी गर्दै आएका भएपनि मण्डेलाको अवस्था हेर्दा तत्कालै अमेरिकाको आतंकवादी सुचिवाट माओवादी र यसको नेतृत्व वर्गले मुक्ति पाउने सम्भावना देखिएन । Read more

Next Page »